दफा १९
सङ्घ तथा सहकारी बैङ्कको कार्यक्षेत्र
: सङ्घ तथा सहकारी बैङ्कहरूको कार्यक्षेत्र देहाय बमोजिम हुनेछ :
(क)    जिल्ला विषयगत सहकारी सङ्घ वा जिल्ला सहकारी सङ्घको हकमा एक जिल्ला,
(ख) प्रदेश विषयगत सहकारी सङ्घ वा प्रदेश सहकारी सङ्घको हकमा एक प्रदेश,
(ग)   केन्द्रीय विषयगत सहकारी सङ्घ वा राष्ट्रिय सहकारी महासङ्घको हकमा नेपालभर,
(घ)   विशिष्टिकृत सङ्घको हकमा त्यस्तो सङ्घको प्रकृति हेरी वस्तु वा सेवाको सङ्कलन, वितरण वा प्रवाहको क्षेत्र अनुसार,
(ङ)   सहकारी बैङ्कहरूको हकमा नेपाल राष्ट्र बैङ्कले तोके बमोजिम ।